Like us!
Follow us!
Connect us!
Watch us!

तिहार अघि ६ कम्पनीको साधारणसभा हुँदै, कुन कम्पनीको प्रस्तावित लाभांश कति ?

अर्थ संसार

सोमबार, १७ कार्तिक २०७७, १० : ३१ मा प्रकाशित

तिहार अघि ६ कम्पनीको साधारणसभा हुँदै, कुन कम्पनीको प्रस्तावित लाभांश कति ?

अर्थ संसार, काठमाडौं– तिहार अघि ६ वटा कम्पनीले साधारणसभा बोलाएका छन् । कम्पनीहरुले अघिल्लो वर्षको मुनाफबाट प्रस्तावित लाभांश सहितको एजेण्डाहरु पारित गर्ने साधारणसभा बोलाएका हुन् । सिद्धार्थ क्यापिटल लिमिटेड, सानिमा क्यापिटल लिमिटेड, शिवम् सिमेन्ट लिमिटेड, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड र सानिमा बैंक लिमिटेडले साधारणसभा बोलाएका छन् । 

कुन कम्पनीको प्रस्तावित लाभांश कति ? 

सिद्धार्थ क्यापिटल 

सिद्धार्थ क्यापिटल ९ औं  वार्षिक साधारणसभा कातिक २१ गते ठिक ३ बजे क्यापिलको कार्यालयमा बोलाएको छ । साधारणसभाले  क्यापिटलले प्रस्ताव गरेको २५ प्रतिशत नगद लाभांश (कर सहित) को लाभांश पारित पारित गर्नेछ । 

सानिमा क्यापिटल

कातिक २१ गते सानिमा क्यापिटल लिमिटेडले ठिक २ बजे पाँचौ वार्षिक साधारणसभा कम्पनीको रजिष्टर्ड कार्यालय, पुतली सडक, काठमाडौंमा बोलाएको छ । साधारणसभाल ८ दशमलव ५ प्रतिशत नगद लाभांश सहित प्रस्तावमाथि छलफल गरी पारित गर्ने कार्यक्रम तय भएको छ । 

शिवम् सिमेन्ट लिमिटेड 

शिवम् सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारणसभा कातिक २४ गते  विहान ११ बजे कम्पनीको कर्पाेरेट कार्यालय, अनामनगरको सभाहल, काठमाडौंमा बोलाएको छ । सभाले २४ दशमलम २१ प्रतिशत नगद लाभांश दिने प्रस्तावहरुमाथि छलफल गरी पारित गर्ने छ । 

ज्योति लाइफ इन्स्योरेन्स  

यस कम्पनीले तेस्रो वार्षिक साधारणसभा कार्तिक २६ गते  विहान ११ : ३० बजे कम्पनीको कर्पाेरेट कार्यालय, ज्ञानेश्वर, काठमाडौंमा साधारणसभा बोलाएको छ । साधारणसभाले आइपिओ जारी गर्ने लगायको प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ । 

सानिमा बैंक 

सानीमा बैंक लिमिटेडले १६ औं वार्षिक साधारणसभा कातिक २८ गते आम्रपालि व्यांकेट, बालुवाटरा, काठमाडौंमा बोलाएको छ । साधारणसभाले १० प्रतिशत बोनस शेयर र ३ दशमलव ६० प्रतिशत नगद लाभांस लगायतको प्रस्तावमाथि छलफल गरी पारित गर्ने छ ।  

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले पाचाैँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।कम्पनीकाे कार्तिक २ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा कार्तिक २७ गते बिहीबार, नेपाल एसबिआई बैंककाे केन्द्रिय कार्यालयकाे सभाहल, केशरमहल, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

त्यसैगरी, सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमाेदन गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको