Like us!
Follow us!
Connect us!
Watch us!

ओरालो लागेको शेयर बजारमा कति भयो कारोबार ?

अर्थ संसार

सोमबार, १७ कार्तिक २०७७, १५ : १२ मा प्रकाशित

ओरालो लागेको शेयर बजारमा कति भयो कारोबार ?

निरन्तर ओरालो यात्रा तय गरेको शेयर बजारमा आज (साेमबार) सामान्य गिरावट आएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार शेयर कारोबार मापक नेप्से परिसूचक ३.३३ अंकले घटेर एक हजार ६३७.६३ मा पुगेकाे छ । यस्तै सेन्सेटिभ परिसूचक १.१७ अंकले घटेर ३२५.४६ मा पुगेको छ ।

कूल १९७ वटा कम्पनीकाे ६९ लाख ३७ हजार ४ सय ५४ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ४५ करोड ३९ लाख ५४ हजार ६ सय ८८ रुपैयाँको कारोबार भएकाे छ । 

स्टकका अनुसार साेमबार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ८ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ४ वटा उपसमूहकाे शेयर घटेकाे छ। 

त्यसैगरी, साेमबार काराेबार रकमकाे आधारमा प्राइम कमर्सियल बैंक लिमिटेडले अग्रता कायम गर्न सफल भएकाे छ । बैंककाे १२ कराेड ४० लाख ९७ हजार ७ सय १८ रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आजकाे शेयर तालिका हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको