Like us!
Follow us!
Connect us!
Watch us!

ओपोद्वारा हाई पोजिसनिङ अल्गोरिथमको घोषणा

अर्थ संसार

मंगलबार, १८ कार्तिक २०७७, ११ : ३७ मा प्रकाशित

ओपोद्वारा हाई पोजिसनिङ अल्गोरिथमको घोषणा

अर्थ संसार, काठमाडौं - ओपोले मोबाइलफोन नेभिगेशन प्रणालीलाई एक मिटरको रेडियसमा सटिक स्थानको पहिचानगर्न सघाउने स्व-विकसित उद्योगकै अग्रणी हाई प्रसेजन पोजिसनिङ अल्गोरिथम सार्वजनिक गरेको छ ।

कनेक्टिभिटी अपरिहार्य रहेको यस फाइभजीयूगमाईनडोर तथा आउटडोर प्रयोग गरिरहँदा विभिन्न एप्लिकेशन्सका लागि सुदृढ नेभिगेशन प्रणालीको आवश्यकता पर्छ । बढ्दो बजार मागलाई सम्बोधन गर्ने सोचका साथ ओपोले आफ्नो हाई प्रसेजन आरटीके पोजिसनिङ प्रविधि स्मार्टफोनमा कार्यान्वयनमा ल्याउन लागेको हो । यो प्रविधिले असिमित प्रयोगर्तालाई फाइदा पुर्याउने विश्वास कम्पनीले लिएको छ  ।

मोबाइल नेभिगेशनमा प्रयोगकर्ता अनुभवमा सुधार उपलब्ध गराउने सोचका साथओपोले विद्यमान पोजिसनिङ प्रविधिका स्थानमा आरटीके प्रविधि स्मार्टफोनमा उपलब्ध गराउन लागेको हो । आरटीके पोजिसनिङ प्रविधिवाहक चरण मापन (क्यारियर फेज मेजरमेन्ट)मा आधारित छ । यसले मेजरिङ स्टेशन्स मार्फत प्राप्त डाटालाई वास्तविक समयमै प्रोशेस गरी स्थानका बारेमा सटिक  जानकारी प्रस्तुत गर्छ । 

जटिल प्रणालीको प्रयोग हुने यस प्रविधि पछिल्ला समयमा औद्यागिक मापनका लागि गरिन्थ्यो । यसको सिधाप्रयोग स्मार्टफोनका लागि अनुपयुक्त थियो । ओपोले एक्सेलेरोमिटर र गायरो स्कोप लगायत मोबाइलफोन सेन्सर्सबाट उपलब्ध हुने जानकारीको प्रयोग गर्ने अल्गोरिथमको विकास गरेको हो । यसले स्थानको सटिक जानकारी दिनुका साथै संकेटमा हस्तक्षेपका कारण हुन सक्ने प्रभाव न्यूनिकरणमा समेत सहयोग गर्दछ ।

सन् २०२१ देखि ब्यवसायिक रुपमा उपलब्ध गराउने लक्ष्यका साथ हाल ओपो यस प्रविधिलाई  परिपूर्ण र ब्यवसायिक बनाउने कार्यमा लागि परेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको