Like us!
Follow us!
Connect us!
Watch us!

ओपो एफ-१९ प्रोको मूल्य घट्याे

अर्थ संसार

मंगलबार, २० बैशाख २०७९, १४ : ३२ मा प्रकाशित

ओपो एफ-१९ प्रोको मूल्य घट्याे

ओपोको एफ सिरीज अन्तर्गतको एफ-१९ प्रोको मूल्य ४ हजार रूपैयाँले घटेको छ । यसअघि ३९ हजार ९ सय ९० रूपैयाँ रहेकाे उक्त फाेन अब ३५ हजार ९ सय ९० रूपैयाँमा प्राप्त गर्न सकिने भएकाे छ ।  

ओपोको एफ सिरीज युवा ट्रेन्डसेटरहरुबीचको उच्चतम रोजाईको रुपमा पर्न सफल मानिन्छ । यस सिरीजले युवाहरुको जीवन र काममा महत्वाकांक्षाहरु बढाउन मद्दत गर्दछ र तिनीहरुको व्यक्तिगत शैलीलाई पनि प्रतिनिधित्व गर्दछ । यसले आफ्ना प्रयोगकर्ताहरुमा नयाँ प्रविधि र भिडियो क्याप्चरिङ सुविधाहरुको साथमा रचनात्मकतालाई बाहिर ल्याउँन मद्दत गरेको छ ।

एफ-१९ प्रो ओपोको पहिलो प्रिमियम स्मार्टफोन हो जसले नवीन प्रवृतिहरुलाई मूर्त रुप दिन्छ र रमाइलो पलहरु खिच्न सकिन्छ । यसमा चार वटा क्यामरा छन्, ४८ मेगापिक्सलको मुख्य क्यामरा, ८ मेगापिक्सलको अल्ट्रा वाइड, दुई मेगापिक्सलको म्याक्रो र दुई मेगापिक्सलकै मोनो क्यामरा छन्। अनि यसमा ३२ मेगापिक्सलको सेल्फी क्यामरा पनि छ। 

यसको डिजाइन आकर्षक हुनुका साथै विशेषता पनि नयाँ प्रविधिमा आधारित छ। ६.४ इन्चको ठूलो डिस्प्ले भएको फोन भए पनि यसको डिजाइनकै कारण यो बोक्दा भारी हुँदैन। यो हलुका हुनुका साथै निकै पातलो पनि छ।  

ओपो एफ-१९ प्रोमा ४३१० एमएएच पावरको ब्याट्री छ। कम्पनीले एकपटक पूरा चार्ज गरेपछि यो फोन १६ घन्टासम्म चल्ने दावी गरेको छ। ३० वाटको भुक फ्ल्यास चार्ज प्रविधि यसमा भएकाले यो फोन चाँडै चार्ज हुन्छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको