Like us!
Follow us!
Connect us!
Watch us!

पश्चिमी वायुको प्रभाव : यी भूभागमा हल्का वर्षाको सम्भावना !

अर्थ संसार

मंगलबार, १८ कार्तिक २०७७, ११ : ३६ मा प्रकाशित

पश्चिमी वायुको प्रभाव : यी भूभागमा हल्का वर्षाको सम्भावना !

अर्थ संसार, काठमाडौँ - पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने भएको छ ।  पहाडी क्षेत्रमा उक्त प्रणालीको प्रभाव बुधबार बेलुकासम्म कायम रहने बताइएको छ ।

 मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौँ उपत्यकामा बुधबारसम्म केही समय घाम लाग्ने र फेरि बदली हुने क्रम चलिरहने छ । हाल प्रदेश नं १, प्रदेश नं २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । राति पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सफा रहने ऊर्जा जल तथा सिंचाइ मन्त्रालय, मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३  र अधिकतम तापक्रम २७ दशमलव ७ डिग्री सेल्सियस  छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ४ दशमलव ९ डिग्री र सबैभन्दा धेरै भैरवाको अधिकतम तापक्रम ३५ दशमलव ४ डिग्री सेल्सियस छ । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको