Like us!
Follow us!
Connect us!
Watch us!

सामान्य अंकले बढेको शेयर बजारमा नेपाल टेलिकमको सर्वाधिक कारोबार !

अर्थ संसार

मंगलबार, १८ कार्तिक २०७७, १५ : ०४ मा प्रकाशित

सामान्य अंकले बढेको शेयर बजारमा नेपाल टेलिकमको सर्वाधिक कारोबार !

अर्थ संसार, काठमाडौं - लगातार ओरोलो लागेको शेयर बजार आज (मंगलबार) भने सामान्य अंकले बढेको छ । 
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ५.४० अंकले बढेर एक हजार ६४३.०३ मा पुगेकाे नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

त्यसैगरी सेन्सेटिभ परिसूचक १.१४ अंकले बढेर ३२६.६० मा पुगेको छ ।

कूल १९८ वटा कम्पनीकाे ७७ लाख ५७ हजार ३ सय ५३ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब २३ करोड ७९ लाख ६४ हजार ५ सय ७२ रुपैयाँको कारोबार भएकाे छ । 

स्टकका अनुसार साेमबार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज १० वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी २ वटा उपसमूहकाे शेयर घटेकाे छ। 

मंगलबार कारोबार रकमका आधारमा नेपाल टेलिकमले शीर्ष स्थान ओगटेको छ । टेलिकमले १० करोड ३ लाख २१ हजार ५ सय ३२ रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ । 

आजकाे शेयर तालिका हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको