Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा १ अर्ब ७५ करोडको कारोबार, लगानीकर्ताको रोजाइमा अरुण काबेली

अर्थ संसार

बुधबार, १९ कार्तिक २०७७, १५ : १९ मा प्रकाशित

सेयर बजारमा १ अर्ब  ७५ करोडको कारोबार, लगानीकर्ताको रोजाइमा अरुण काबेली

अर्थ संसार, काठमाडौं– शेयर बजारमा (आजं) बुधबार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार मापक नेप्से परिसूचक २.३९ अंकले घटेर एक हजार ६४०.६४ मा पुगेको छ । नेप्से ०.१५ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक ०.११ अंकले घटेर ३२६.४९ मा पुगेको छ ।

कूल २०२ वटा कम्पनीको ५६ लाख ३१ हजार ६ सय ४ कित्ता शेयर खरिदबिक्री हुँदा एक अर्ब ७५ करोड ७४ लाख ५९ हजार ९ सय ५ रुपैयाँको कारोबार भएको छ । स्टकका अनुसार बुधबार कारोबार भएका कूल १२ उपसमूहमध्ये ७ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ५ वटा उपसमूहको शेयर घटेको छ। 

घटेको बजारमा अरुण काबेली पावर लिमिटेडको सेयर लगानीकर्ताको रोजाइमा पर्न सफल भएको छ । नेप्सेका अरुण काबेलीको ३ लाख  ६ हजार ७०३ कित्ता सेयर कारोबार भएको छ । सवै भन्दा धेरै यो कम्पनीको सेयर कित्ता कारोबार भएको हो । 

त्यसैगरी, बुधबार कारोबार रकमको आधारमा प्राइम कमर्सियल बैंक लिमिटेडले अग्रता कायम गर्न सफल भएको छ । बैंकको ९ करोड ५३ लाख ३ हजार ४ सय ३३ रूपैयाँ बराबरको कारोबार भएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको