Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंक र पवन मिष्ठान्न भण्डारबीच सम्झौता

अर्थ संसार

बुधबार, १९ कार्तिक २०७७, १८ : ०५ मा प्रकाशित

कुमारी बैंक र पवन मिष्ठान्न भण्डारबीच सम्झौता

अर्थ संसार, काठमाडौँ - कुमारी बैंक लिमिटेड र बुटवलस्थित उच्च गुणस्तरीय पेडा तथा मिठाईहरुका लागी प्रसिद्ध पवन मिष्ठान्न भण्डारसँग सम्झौता गरेको छ । उक्त सम्झौतापश्चात् कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले पवन मिष्ठान्न अन्तर्गतका मिठाई पसल र रेस्टुरेन्टमा पेडा, मिठाई लगायात अन्य खाद्यवस्तुहरुमा ५% छुट प्राप्त गर्न सक्नेछन् । 

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका लुम्बिनी प्रदेश प्रमुख राम मणि अधिकारी र पवन मिष्ठान्न भण्डारका प्रोप्राइटर पवनकुमार हलवाईले हस्ताक्षर गरेका हुन् । 

मिठाई र व्यञ्जनहरु हाम्रा चाडपर्व तथा उत्सवहरुको एक अभिन्न अंग रहँदै आएका छन् । यसै बीच सम्पूर्ण नेपालीहरुको महान उत्सव दीपावली नजिकिँदै गर्दा, आफ्ना ग्राहकवर्गले गुणस्तरीय व्यञ्जन लगायत मिठाईहरुमाआकर्षक छुट प्राप्त गरी उक्त महोत्सव आफ्ना परिवारजनसँग हर्षोल्लासका साथ मनाउन सकुन् भन्ने अभिप्रायले उक्त सम्झौता गरिएको बैंकका पधाधिकारीले जानकारी दिएका छन् । 

बैंकले १८४ शाखा–संजाल, १४४ एटिएम, २१ शाखारहित बैंकिंगइकाई तथा १३ एक्टेन्सन काउन्टर मार्फत वित्तिय सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको