Like us!
Follow us!
Connect us!
Watch us!

४.४७ अंकले घट्यो शेयर बजार, २ अर्ब ८२ करोडभन्दा माथिको कारोबार !

अर्थ संसार

विहीबार, २० कार्तिक २०७७, १५ : ०६ मा प्रकाशित

४.४७ अंकले घट्यो शेयर बजार, २ अर्ब ८२ करोडभन्दा माथिको कारोबार !

अर्थ संसार, काठमाडौं– साताको अन्तिम दिन (आज) बिहिबार पनि शेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहिबार शेयर कारोबार मापक नेप्से परिसूचक ४.४७ अंकले घटेर एक हजार ६३६.१७ मा पुगेको छ । नेप्से ०.२७ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक २.११ अंकले घटेर ३२४.३८ मा पुगेको छ ।

कूल २०० वटा कम्पनीको ९० लाख ७७ हजार १ सय १२ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ८२ करोड ७९ लाख ८३ हजार ६ सय १ रुपैयाँको कारोबार भएको छ । शेयर बजारमा बुधबारको तुलनामा बिहिबार कारोबार रकम बढेको छ । बुधबार एक अर्ब ७५ करोड ७४ लाख ५९ हजार ९ सय ५ रुपैयाँको कारोबार भएको थियो ।

स्टकका अनुसार बिहिबार कारोबार भएका कूल १२ उपसमूहमध्ये ४ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ८ वटा उपसमूहको शेयर घटेको छ। 

आजको शेयर तालिका हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको