Like us!
Follow us!
Connect us!
Watch us!

सोल्टी हस्पिटालिटीको वार्षिक सभा कहिले ?

अर्थ संसार

शुक्रबार, २१ कार्तिक २०७७, १६ : १६ मा प्रकाशित

सोल्टी हस्पिटालिटीको वार्षिक सभा कहिले ?

अर्थ संसार, काठमाडौँ - सोल्टी हस्पिटालिटी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे आश्विन ३० गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णयानुसार कम्पनीकाे साताैँ वार्षिक साधारण सभा मंसिर १५ गते, साेमबार  सोल्टी क्राउन प्लाजा ताहाचल, काठमाडाैँमा दिउँसाे ४ बजेबाट सुरू हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ भने आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ  । 

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको