अर्थ संसार, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का भएको छ ।
युनिक नेपाल लघुवित्तसँग मर्जरमा जान लागेको घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार आज (आइतबार)बाट रोक्का गरिएको हो ।
नेप्सेले एक सूचना प्रकाशन गर्दै युनिक नेपालसँग मर्जरमा जान घोडीघोडाले सम्झौतापत्रमा हस्ताक्षर गरेकोले उक्त लघुवित्तको शेबार रोक्का राखिएको जनाएको छ ।
अब दुई लघुवित्तको मर्जर प्रक्रिया सम्पन्न भई नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि मात्र यो लघुवित्त सेयर धितोपत्र दोस्रो बजारमा आउने छ।
नेप्सेले प्रकाशन गरेको सूचना हेर्नुहोस :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस