Like us!
Follow us!
Connect us!
Watch us!

माछी मार्न जाऊँ न दाजै कालापानीमा किन विवाद आयो ? यसो भन्छन् जे पापी (भिडियोसहित)

अर्थ संसार

आइतबार, २३ कार्तिक २०७७, १४ : ४७ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - राष्ट्रिय भावनाले ओतप्रोत भएका गीतहरुले जो कोहीको मनलाई स्पर्श गर्न सक्छ । राष्ट्रिय भावनाले भरिपूर्ण गीतहरु सुन्दा हामीमा छुट्टै उर्जा पैदा हुन्छ । कारण हो, हामी सबै आफ्नो राष्ट्रलाई अति प्रेम गर्छौं । 

"माछी मार्न जाऊँ न दाजै कालापानीमा" यो गीत हामी सबैले सुनेका छौं । गीतका रचनाकार विजय श्रेष्ठ हुन् भने यो गीतमा जे पापी, विधान श्रेष्ठ र रिता उपाध्यायले आवाज भरेका छन् । कालापानी विवादलाई समेटेर बनाइएको यो गीत अहिले पनि सिमा विवादको बेला सामाजिक संजालभरी सेयर हुन्छन् । २०५६ सालमा रेकर्ड भएको उक्त गीत एक ताका प्रतिबन्धत समेत भएको थियो । सरकारबाट प्रतिबन्धित गीतमा विवाद समेत आएको थियो ।
 
सो विषयबारे जान्न आज हामीले उक्त गीतका गायक जे पापी अर्थात् झण्डा शेखर दाहालसँग कुराकानी गरेका छौं ।  सो गीतमा विधानको नाम छुटेपछि रचनाकार समेत रहेका उनका विजय श्रेष्ठ रिसाएका थिए । यद्यपि विधानको नाम कसले हटायो भन्नेबारे भने जे पापी अझै अन्जान नै छन् । त्यो बीचमा रचनाकार विजय श्रेष्ठ आफूसँग रिसाएको उनी बताउँछन् । 

समसामयीक र राष्ट्रप्रेमले भरेको चेतनामूलक गीतमा मात्र आवाज भने जे पापीका माछी मार्न जाउँ न दाजै कालापानीमा, बाह्र बजे तोप चल्थ्यो एउटा इतिहास बोल्थ्यो, सुत सुत निधा काठमांडु शहर, यो देशको काट्टो खानेहरुले लगायत गीतहरु चर्चामा छन् ।

जे पापीसँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको