Like us!
Follow us!
Connect us!
Watch us!

शिवम सिमेन्टको २४.२१ प्रतिशत लाभांश आज पारित हुँदै !

अर्थ संसार

सोमबार, २४ कार्तिक २०७७, ०७ : ०० मा प्रकाशित

शिवम सिमेन्टको २४.२१ प्रतिशत लाभांश आज पारित हुँदै !

अर्थ संसार, काठमाडौँ - शिवम सिमेन्ट लिमिटेडकाे पाँचौं वार्षिक साधारण सभा आज (कार्तिक २४ गते, साेमबार) हुँदैछ ।

कम्पनीकाे असाेज २८ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णयानुसार उक्त सभा कम्पनीकाे कर्पाेरेट कार्यालय, अनामनगरकाे सभाहल, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरू हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यस्तै आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी निजको पारिश्रमिक निर्धारण पनि गरीनेछ ।

त्यसैगरी कम्पनीकाे असाेज २८ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णयानुसार आर्थिक वर्ष २०७६/०७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई २४.२१ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयाेजनका लागि कार्तिक १३ गते, बिहीबार एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको थियाे । त्यसैले, कार्तिक १२ गते, बुधबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त योग्य हुनेछन्  ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको