Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंक र एसआरएल डायगनोस्टिकबीच सम्झौता

अर्थ संसार

सोमबार, २४ कार्तिक २०७७, १६ : १४ मा प्रकाशित

महालक्ष्मी विकास बैंक र एसआरएल डायगनोस्टिकबीच सम्झौता

अर्थ संसार, काठमाडौं - महालक्ष्मी विकास बैंक लिमिटेड र एसआरएल डायगनोस्टिक (नेपाल)प्रा.लि.बीच सम्झौता भएको छ ।

बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले एस.आर.एल. डायगनोस्टिक (नेपाल) प्रा.लि.सँग सम्झौता गरेको हो । 

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट महाराजगंज शाखाका प्रमुख पल्लभ श्रेष्ठ र कम्पनीका तर्फबाट नयाँबजार प्रमुख अजय यादवले हस्ताक्षर गरेका छन् । 

उक्त सम्झौताअनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु तथा कर्मचारीहरुले एस.आर.एल.डायगनोस्टिक (नेपाल) प्रा. लि.मा उपचार गराउँदा प्रयोगशाला परिक्षणमा छुट प्राप्त गर्न सक्नेछन् ।

यसैगरी डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु साथै कर्मचारीहरुले प्रयोगशालाका सम्पूर्ण परिक्षणमा १५% आकर्षक छुट प्राप्तगर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको