अर्थ संसार, काठमाडौं– आज (मंगलबार) शेयर बजारले उकालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से दोहोरो अंकले बढेको हो ।
शेयर कारोबार मापक नेप्से परिसूचक २५.९८ अंकले बढेर एक हजार ६७८.७९ मा पुगेको छ । नेप्से १.४२ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ५.०६ अंकले बढेर ३३०.३९ पुगेको छ ।
कूल १९६ वटा कम्पनीको ९६ लाख ५७ हजार ६ सय ७७ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ९ करोड ६१ लाख ९० हजार २ सय ५६ रुपैयाँको कारोबार भएको छ ।
स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये १० वटा उपसमूहको शेयर बढेको छ भने बाँकी २ वटा उपसमूहको शेयर घटेको छ।
आजको शेयर तालिका हेर्नुहोस्:-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस