Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा हरियाली छायो, नेप्से १७०० माथीकाे विन्दुमा !

अर्थ संसार

बुधबार, २६ कार्तिक २०७७, १५ : ०८ मा प्रकाशित

शेयर बजारमा हरियाली छायो, नेप्से १७०० माथीकाे विन्दुमा !

अर्थ संसार, काठमाडौं– आज (बुधबार) पनि शेयर बजारले उकालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार शेयर बजार दाेहाेराे अंकले बढ्दा नेप्से १७०० माथीकाे विन्दुमा पुगेकाे छ । 

शेयर कारोबार मापक नेप्से परिसूचक २८.८९ अंकले बढेर एक हजार ७०७.६७  मा पुगेको छ । नेप्से १.७२ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ५.२३ अंकले बढेर ३३५.६२ पुगेको छ ।

कूल १९५ वटा कम्पनीको १ करोड २५ लाख २३ हजार ६ सय ५१ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ९ करोड ९६ लाख ४ हजार ७ सय ४२ रुपैयाँको कारोबार भएको छ ।
स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ११ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी १ वटा उपसमूहको शेयर घटेको छ। एउटा मात्र उपसमूह घटेर बुधबार शेयर बजारमा हरियाली छाएको छ ।
 
आजको शेयर तालिका हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको