Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले बढेको बजारमा ४ अर्बभन्दा माथिको कारोबार !

अर्थ संसार

विहीबार, २७ कार्तिक २०७७, १६ : २२ मा प्रकाशित

दोहोरो अंकले बढेको बजारमा ४ अर्बभन्दा माथिको कारोबार !

अर्थ संसार, काठमाडौँ - साताको अन्तिम दिन आज (बिहीबार) शेयर बजारले उकालाे लागेको छ । बिहीबार पनि शेयर बजार दाेहाेराे अंकले बढेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक १०.८२ अंकले बढेर एक हजार ७१८.४९ मा पुगेकाे छ । नेप्से ०.६३ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ३.२७ अंकले बढेर ३३८.८९ मा पुगेको छ ।

कूल १९८ वटा कम्पनीकाे एक कराेड २३ लाख ३५ हजार ५ सय ५६ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब २५ करोड ६४ लाख ७५ हजार ८ सय ९१ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये बिहीबार ५ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे शेयर घटेकाे छ ।

आजकाे शेयर तालिका हेर्नुहोस्:


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको