Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा !

अर्थ संसार

शुक्रबार, २८ कार्तिक २०७७, १४ : ३६ मा प्रकाशित

स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा !

अर्थ संसार, काठमाडौं - स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले महिला सहकारी संस्था लिमिटेडको नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने भएको छ  । संस्थाले १ लाख २६ हजार कित्ता संस्थापक शेयर बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो  ।

उक्त शेयर खरिद गर्न चाहने विद्यमान संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले मङ्सिर ७ गतेदेखि पौष १२ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्नेछन्  ।

शेयरको न्युनतम मूल्य प्रति शेयर ४९२ रुपैयाँ तोकिएको छ त्यसैले सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ  ।

बोलपत्र पेश गर्दा न्युनतम १ हजार कित्तादेखी सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्  ।

उक्त शेयरको बिक्री प्रवन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको