Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंकको नाफामा १५.७१ प्रतिशतले गिरावट, अन्य सूचक कस्ता छन् ?

अर्थ संसार

शुक्रबार, २८ कार्तिक २०७७, १५ : ०१ मा प्रकाशित

सनराइज बैंकको नाफामा १५.७१ प्रतिशतले गिरावट, अन्य सूचक कस्ता छन् ?

अर्थ संसार, काठमाडौं - सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३८ करोड २९ लाख ७७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा १५.७१ प्रतिशतले घटेको हो। गत वर्ष सोहि अवधिमा बैंकले ४५ करोड ४३ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

त्यसैगरी प्रथम त्रैमास बैंकको खुद ब्याज आम्दानी ९२ करोड ७९ लाख ७६ हजार रुपैयाँ रहेको छ । गत वर्ष यस्तो आम्दानी १ अर्ब १० करोड ५ लाख १४ हजार रुपैयाँ रहेको थियो ।

प्रथम त्रैमासमा बैंकले सञ्चालन मुनाफा ५४ करोड ७१ लाख १० हजार रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा ६४ करोड ५७ लाख ९५ हजार रुपैयाँ रहेको थियो। 
बैंकको वितरणयोग्य मुनाफा २४ करोड ९६ लाख ५० हजार रुपैयाँले ऋणात्मक भएको छ। 

त्यस्तै, बैंककाे चुक्ता पूँजी ८ अर्ब ९६ करोड रुपैयाँ, जगेडा कोषमा ४ अर्ब ६ करोड रुपैयाँ, प्रतिशेयर आम्दानी १७.०८ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५३.९२ रुपैयाँ रहेकाे छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको