Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंकको नाफासँगै घट्यो ईपीएस, अन्य सूचक के भए ?

अर्थ संसार

सोमबार, १० माघ २०७८, ०७ : २२ मा प्रकाशित

सनराइज बैंकको नाफासँगै घट्यो ईपीएस, अन्य सूचक के भए ?

सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकले ७४ करोड ५५ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २१.४७ प्रतिशतले थाेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले ९४ करोड ९४ लाख १२ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी भने ०.८० प्रतिशतले बढेर एक अर्ब ८३ करोड ३ लाख ६७ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी एक अर्ब ८१ करोड ५८ लाख २४ हजार रूपैयाँ रहेकाे थियाे ।

दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा २१.५९ प्रतिशतले घटेर एक अर्ब ६ करोड ३४ लाख ९७ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष बैंकले एक अर्ब ३५ करोड ६३ लाख ३ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा १० करोड ११ लाख १८ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, बैंकको चुक्ता पुँजी १० अर्ब ११ करोड ८८ लाख ९२ हजार रुपैयाँ र जगेडा कोषमा ५ अर्ब २४ करोड ६ लाख ८९ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंककाे प्रतिसेयर आम्दानी (ईपीएस) २० रुपैयाँ १ पैसाबाट घटेर अहिले १४ रुपैयाँ ७४ पैसामा झरेको छ । बैंककाे प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ७९ पैसा रहेकाे छ । बैंककाे मूल्य आम्दानी अनुपात २०.३६ गुणा रहेको छ ।

बैंकले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

61ee04e50b93b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको