Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंकको नाफामा सुधार, यस्ता छन् अन्य सूचक

अर्थ संसार

बुधबार, १४ माघ २०७७, ०८ : ५५ मा प्रकाशित

सनराइज बैंकको नाफामा सुधार, यस्ता छन् अन्य सूचक

सनराइज बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ९४ करोड ९४ लाख रुपैंया नाफा कमाएको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ९४ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो । 

दोस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ८१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिका २ अर्ब ४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

यो अवधिमा बैंकको कर्मचारी खर्चमा ७८ करोड ४३ लाख र अन्य सञ्चालन खर्चमा ३२ करोड ६६ लाख रुपैयाँ खर्च गरेको छ । 

हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ४८ करोड र जगेडा कोष ३ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । यस्तै, बैंककाे प्रतिसेयर आम्दानी २० रुपैयाँ ०१ पैसा र प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ६७ पैसा रहेकाे छ ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको