Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंकको २ लाख ८३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

अर्थ संसार

आइतबार, २३ जेठ २०७८, १३ : ४२ मा प्रकाशित

सनराइज बैंकको २ लाख ८३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

सनराइज बैंक लिमिटेडले संस्थापक समूहकाे सेयरहरू बिक्री गर्ने भएकाे छ । 

बैंकले एक सूचना प्रकाशन गर्दै बैंकका संस्थापक शेयरधनी श्याम सुन्दर खेतानले निजकाे नाममा रहेकाे २ लाख ८३ हजार ७ सय ८६ कित्ता संस्थापक सेयर बिक्रीको लागि निवेदन दिएका हुनाले उक्त सेयरहरू बिक्री गर्न लागिएकाे जानकारी दिएकाे छ । उक्त सेयरकाे न्युनतम मूल्य प्रतिकित्ता १ सय ४० रूपैयाँ ताेकिएकाे छ ।

त्यसैगरी, नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रीय कार्यालय गैर्हिधारा, काठमाडौँमा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको हो ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60bc80fab83bb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको