Like us!
Follow us!
Connect us!
Watch us!

एक सातापछि खुलेको शेयर बजार गत साताकै लयमा, खुल्दा घटेको बजार उकालो लाग्दै

अर्थ संसार

बुधबार, ०३ मंसिर २०७७, १० : २२ मा प्रकाशित

एक सातापछि खुलेको शेयर बजार गत साताकै लयमा, खुल्दा घटेको बजार उकालो लाग्दै

अर्थ संसार, काठमाडौं-तिहारका कारण झण्डै एक साता बन्द रहेको शेयर बजार बुधबार पुनः खुलेको छ ।

खुलेको सुरूमै घटेको बजार विस्तारै बढेको छ । खुलेको आधाघण्टामा बजार ९ अंकभन्दा बढीले बढेको छ । बजार कात्तिक २७ गते बिहिबार कारोबार भएर बन्द भएपछि बल्ल खुलेको हो ।

बुधबारको प्रि ओपनिङ्ग सेसनमा भने १० कम्पनीको शेयरमूल्य बढेर कारोबार भएको थियो । प्रिओपनिंग सेसनमा २२ कम्पनीको शेयर कारोबार भएकामा ५ कम्पनीको शेयरमूल्य घटेको र ७ कम्पनीको मूल्य स्थिर थियो । कारोबार खुलेको ४३ मिनटमा बजार ९ अंकले बढेको छ ।

प्रि ओपनिङ्ग सेसनमा आज नेप्से ३.१४ अंकले बढेर १ हजार ७२१ दशमलव ६४ अंकमा पुगेको थियो । तिहार अघिको सातामा नेप्से निरंतर उकालो लागेको थियो । त्यतिखेर नेप्से १७१८ .४९ अंकमा पुगेर बन्द भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको