Like us!
Follow us!
Connect us!
Watch us!

एक सातापछि खुल्दा पनि शेयर बजारमा उस्तै उमंग, २३.३२ अंकले बढ्यो नेप्से !

अर्थ संसार

बुधबार, ०३ मंसिर २०७७, १५ : ०५ मा प्रकाशित

एक सातापछि खुल्दा पनि शेयर बजारमा उस्तै उमंग, २३.३२ अंकले बढ्यो नेप्से !

अर्थ संसार, काठमाडौं - तिहार बिदा पश्चात झण्डै एक सातापछी खुलेको शेयर बजारमा खुलेको पहिलो दिन नै उमंग छाएको छ । बुधबार पनि शेयर बजार दाेहाेराे अंकले बढेकाे छ । खुलेको सुरूमै घटेको बजारले विस्तारै उकालो यात्रा तय गरी नेप्से १७४१.८१ को बिन्दुमा पुगेर बन्द भएको छ । आज नेप्से परिसूचक २३.३२ अंकले बढेको हो  । गत बिहिबार नेप्से १७१८ .४९ अंकमा पुगेर बन्द भएको थियो । 

यस्तै सेन्सेटिभ परिसूचक भने ०.८० अंकले घटेर ३३८.०९ मा पुगेको छ ।

कूल १९४ वटा कम्पनीकाे एक कराेड १६ लाख ७४ हजार ८ सय ७५ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ७९ करोड १० लाख ४१ हजार ६ सय ४९ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये बिहीबार ९ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ३ वटा उपसमूहकाे शेयर घटेकाे छ ।

आजको शेयर तालिका हेर्नुहोस:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको