Like us!
Follow us!
Connect us!
Watch us!

यी २ लघुवित्तको एकीकृत कारोबार मंसिर ८ गतेदेखि

अर्थ संसार

बुधबार, ०३ मंसिर २०७७, १५ : २२ मा प्रकाशित

यी २ लघुवित्तको एकीकृत कारोबार मंसिर ८ गतेदेखि

अर्थ संसार, काठमाडौँ - महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र नवकिरण लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर ८ गते साेमबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई कार्तिक १९ गते अन्तिम स्वीकृती प्रदान गरिसकेकाे छ । 
दुबै लघुवित्तको कम्पनीको वैशाख १७ गते सम्पन्न विशेष साधारण सभाबाट मर्जर सम्बन्धी प्रस्ताव पारित भएको थियो । मर्जर पश्चात महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको