Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड इदी मर्दी हाइड्रोपावरको आइपीओ पहिलो दिनमै ओभर सब्स्क्राइब

अर्थसंसार

अर्थ संसार

विहीबार, ०४ मंसिर २०७७, ०७ : ४२ मा प्रकाशित

युनाइटेड इदी मर्दी हाइड्रोपावरको आइपीओ पहिलो दिनमै ओभर सब्स्क्राइब

काठमाडौं -पछिल्लोे समय जलविद्युत कम्पनीको सेयर मूल्य एकाएक बढेपछि युनाइटेड इदी मर्दी हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै सर्बसाधारणका लागि निस्कासितभन्दा बढी सेयरका लागि आवेदन परेको छ ।

कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार पहिलो दिन ११ लाख ३८ हजार २६० कित्ताका लागि आवेदन परेको छ । कम्पनीले बुधबार सेयर निस्कासन बिक्री खुला गरेको थियो । यस दिन ५२ हजार ८ सय ८१ जनाले ११ करोड ३८ लाख २६ हजार रुपैयाँ बराबरको आवेदन गरेका छन् ।  

आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निस्कासन गरेको सेयरमा नविकेको समेत अहिले सर्बसाधारणका लागि थपेर निस्कासन गरेको छ । कम्पनीले स्थानीयले नकिनेको २ लाख ४३ हजार ९ सय १० कित्ता सेयरसमेत ८ लाख ७३ हजार ९ सय १० कित्ता सेयर विक्री खुला गरेको हो ।

यसमध्ये ४३ हजार ६ सय ९६ कित्ता सेयर म्युचुअल फन्ड, १७ हजार ४ सय ७८ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी रहेको ८ लाख १२ हजार ७३६ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
 
युनाइटेड इदी मर्दी हाइड्रोपावरको  सेयरमा सर्बसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । कम्पनीले औषतभन्दा कमजोर ग्रेड ४ रेटिङ पाएको छ ।
 कम्पनीको सेयरमा लगानीकर्ताले मेरो सेयर अनलाइनको माध्यमबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले कास्कीमा ७ मेगावाट अपर मार्दीखोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । यसको प्रतिमेगावाट लागत २० करोड ३९ लाख ७६ हजार रुपैयाँ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको