Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा कारोबार रकमले रच्यो इतिहास, लगानीकर्ता नेपाल पुनर्बिमा झुमिए !

अर्थ संसार

विहीबार, ०४ मंसिर २०७७, १५ : १५ मा प्रकाशित

सेयर बजारमा कारोबार रकमले रच्यो इतिहास, लगानीकर्ता नेपाल पुनर्बिमा झुमिए !

 काठमाडौं -सेयर बजारमा बिहीबार कारोबार रकमले इतिहास रचेको छ ।सेयर बजार ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँको कारोबार  भएसँगै इतिहास रचेको हो । यो सेयर बजारको इतिहासमा कारोबार रकममा सवै भन्दा धेरै कारोबार भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ३६.३२ सुधार आई एक हजार ७७८.१२ मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचकसमेत ४.९८ विन्दुले बढेर ३४३.०७ मा पुगेको छ ।

कूल १९८ कम्पनीको एक करोड ४० लाख ६२ हजार ५०७ कित्ता शेयर रु छ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ मूल्यमा खरिद बिक्री भए । कारोवार भएका १२ उपसमूहको शेयर नै उकालो लागेको छ । बैंकिङ २.७१, व्यापार १९८.४, होटल १८१.६३, विकास बैंक २८.९९, जलविद्युत् २१.६३, वित्त १३.७६, निर्जीवन बीमा ३९९.१६, उत्पादन २०४.७३, अन्य ५८.१५, लघुवित्त ४६.३८, जीवन बीमा ३७६.१५ र सामूहिक लगानी कोष ०.०७ अङ्कले उकालो लागेको छ ।

बिहीबार सेयर बजारमा नेपाल पुनर्बिमा कम्पनीमा लगानीकर्ता झुमिएका छन्  । ३  लाख ७७ हजार ७९९ कित्ता सेयर खरिदबिक्री हुँदा ४१ करोड ८ लाख ४५ हजार ३१० रुपैयाँको कारोबार भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको