Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताकाे सम्पत्ती एकै दिन ४८ अर्व बढ्याे

अर्थ संसार

विहीबार, ०४ मंसिर २०७७, १६ : ४३ मा प्रकाशित

लगानीकर्ताकाे सम्पत्ती एकै दिन ४८ अर्व बढ्याे

काठमाडौं - कारोबार रकमका आधारमा सेयर बजारले ऐतिहासिक रेकर्ड कायम गरेको छ । कारोबार सुरु भएको साँडे तीन घण्टामै अहिलेसम्मको कारोबार रकमलाई उछिनेको सेयर बजारले बजार बन्द हुँदासम्म ६ अर्ब ११ कराेड ६७ लाख ३० हजार ७१ रूपैयाँकाे काराेबार भएकाे छ ।

जुनअहिलेसम्मकै उच्च हाे । यसअघि गत फागुन १८ गते एकैदिन ४ अर्ब ८४ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको थियो । सेयर काराेबार हुने साताकाे अन्तिम दिन विहीबार बजार पूँजीकरण बजार पूँजीकरण २३ खर्ब ८२ अर्ब पुगेकाे छ । एकै दिन लगानीकर्ताकाे सम्पत्ती ४८ अर्व रूपैयाँले बढेकाे छ । बुधबार बजार पूँजीकरण २३ खर्व ३४ अर्व थियाे ।

काेराेना महामारीका बीच लगानीका क्षेत्र खुम्चिइरहेका बेला सेयरमा लगानी अाेइरिएकाे छ । यस दिन १९८ कम्पनीका १ कराेड ४० लाख ६२ हजार ५ सय ७ कित्ता सेयर किनबेच भएकाे छ । बिहीबार लगानीकर्ताहरू जीवन बीमा, निर्जिवन बीमा, हाेटल र उत्पादन समुहका कम्पनीमा झुम्मिएका छन् । राम्राे मुनाफा बाँडिरहेका बाणिज्य बैंकहरू भने लगानीकर्ताका छनाैटमा परेनन् । सबै समुहकाे सूचक बढे पनि बैंकिंग समुहकाे सूचक २.७१ अंकले मात्र बढेकाे छ । निर्जिवन बीमा समुहकाे सूचक ३९९, जीवन बीमा समुहकाे सूचक ३७६.१५, हाेटल १८१,उत्पादन २०४ र ट्रेडिंग १९८ अंकले बढेका छन् । यसअघि लघुवित्त कम्पनीतिर झुम्मिने लगानीकर्ता दुवै निर्जिवन र जीवन बीमा कम्पनीमा एकाेहाेरिएका छन् ।

धेरै रकमकाे काराेबार गर्ने पाँच उत्कृष्ट कम्पनीमा तीन वटा बीमा कम्पनी परेका छन् । नेपाल पूनर्वीमा कम्पनीकाे एकै दिन ४१ कराेड ८ लाख ४५ हजार ३ सय १० रूपैयाँकाे सेयर किनबेच भएकाे छ । याे दिनकाे सबैभन्दा धेरै हाे । यस्तै तेस्राे ठूलाे काराेबार नेपाल लाइफ इन्स्याेरेन्स कम्पनीकाे २६ कराेडभन्दा बढी र चाैथाे ठूलाे काराेबार नेशनल लाइफ इन्स्याेरेन्स कम्पनीकाे १८ कराेडभन्दा बढीकाे काराेबार भएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको