Like us!
Follow us!
Connect us!
Watch us!

महिला लद्युवित्तले आइपिओ जारी गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

अर्थ संसार

शुक्रबार, ०५ मंसिर २०७७, ०८ : ०९ मा प्रकाशित

महिला लद्युवित्तले आइपिओ जारी गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

अर्थ संसार,  काठमाडौं - महिला लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नको लागि मंसिर ३ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।  

कम्पनीले ४ लाख कित्ता आईपीओ निष्कासन गर्नको लागि निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट लिमिटेड रहको छ । 

कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३ दशमलव ६४ गुणा वृद्धि भएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू। ५४ लाख ६१ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू। १ करोड ९८ लाख ८५ हजार पुगेको हो । 

चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा र रू। १ करोड ५३ लाख ७४ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढेको हो ।

सो अवधिमा कम्पनीको सञ्चालन नाफा २१९ प्रतिशत  र खुद ब्याज आम्दानी १७४ प्रतिशत वृद्धि भएको छ । चुक्तापूँजी रू। ६ करोड रहेको छ भने जगेडा कोषमा रू। १४ करोड ७७ लाख ७९ लाख सञ्चित गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको