Like us!
Follow us!
Connect us!
Watch us!

यस साता लगानीकर्ताको रोजाइका कम्पनीहरु

अर्थ संसार

शनिबार, ०६ मंसिर २०७७, १२ : ४८ मा प्रकाशित

यस साता लगानीकर्ताको रोजाइका कम्पनीहरु

अर्थ संसार, काठमाडौं– यस साता सेयर बजारले कारोबार रकमको आधारमा नयाँ उचाइ छोएको छ । तिहार विदाको एक साता पछि बुधबार खुलेको बजारमा यो साता दुई दिन मात्र कारोबार भएको छ । अघिल्लो सातादेखि लगातार बढेको बजार यो साताका दुई दिन पनि उचाइतर्फै अगाडि बढ्यो । बजार खुलेको पहिलो दिन बुधबार  अंकले बढेर १७४१।८१ अंकमा पुगेको बजार बिहीबार २६। अंकले बढेर १७७८.१२ मा पुगेर बन्द भयो । अघिल्लो साता २३ खर्ब २ अर्ब ७६ करोडमा रहेको सेयर बजार पूँजीकरण यो साता बढेर २३ खर्ब ८२ अर्ब ७० करोड पुगेको छ । 

यो साता सबैभन्दा धेरै सेयर कारोबार हुने उत्कृष्ट १० कम्पनीमा नेपाल पुनर्वीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल दूरसंचार कम्पनी, सिभम सिमेन्ट, हिमालयन डिस्टलिरी, एनआइसी एशिया बैंक, नेको इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र शिखर इन्स्योरेन्स रहे । यो साता नेपाल पूनर्वीमा कम्पनीको मात्रै ७४ करोड ७१ लाख रुपैयाँको कारोबार भयो । 

यस साता बजार पूँजीकरणको हिसावले सबैभन्दा ठूलो कम्पनी नेपाल दूर संचार कम्पनी बनेको छ । यसको बजार पूँजीकरण १ खर्ब ४४ अर्ब ७५ करोड पुगेको छ । यसपछि नेपाल पूनर्विमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नविल बैंक, नागरिक लगानी कोष, एनआइसी एशिया बैंक, एनएमबी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आइएमइ बैंक र हिमालयन बैंक उत्कृष्ट १० मा परेका छन् । 
यो साता सबैभन्दा धेरै सेयर कारोबार प्रभु बैंकको भएको छ ।

प्रभुको ९ लाख ९३ हजार कित्ता सेयर किनबेच भएको छ । यसपछि धेरै सेयर किनबेच हुने १० कम्पनीमा नेशनल हाइड्रोपावर कम्पनी, नेपाल पूनर्बीमा कम्पनी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अरुण काबेली पावर लिमिटेड, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, कुमारी बैंक, ग्लोबल आइएमइ बैंक, नेपाल दूरसंचार कम्पनी र एनआइसी एशिया बैंक परेका छन् । 

कारोबार संख्याको आधारमा यो साता सबैभन्दा धेरै कारोबार भर्खरै साधारण सेयर निस्कासन गरेर नेप्सेमा लिस्टिंग भएकोसानिमा जनरल इन्स्योरेन्सको भएको छ । उक्त कम्पनीको यो साता ८ हजार ३ सय ९० वटा कारोबार भएको छ । यसपछि धेरै कारोबार हुने १० कम्पनीमा नेपाल पूनर्विमा कम्पनी, प्रभु बैंक, रिलायन्स लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, जनरल इन्स्योरेन्स कम्पनी नेपाल, एनआइसी एशिया  बैंक, ग्लोबल आइएमइ बैंक, शिवम् सिमेन्ट र अजोड इन्स्योरेन्स परेका छन् । 

यो साता नेपाल स्टक एक्स्चेन्जमा मेगा बैंकको १८ लाख ४० हजार ७ सय ३९ कित्ता हकप्रद सेयर र एसविएल डिबेन्चर सूचिकृत भएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको