Like us!
Follow us!
Connect us!
Watch us!

होटल संघका निवर्तमान अध्यक्ष शाक्यको कोरोनाले निधन

अर्थ संसार

शुक्रबार, ०५ मंसिर २०७७, १३ : १६ मा प्रकाशित

होटल संघका निवर्तमान अध्यक्ष शाक्यको कोरोनाले निधन

अर्थ संसार, काठमाडौं-काठमाडौं होटेल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको कोरोना संक्रमणका कारण निधन भएको छ । उनको ओम अस्पतालमा उपचारका क्रममा ७२ वर्षको उमेरमा शुक्रबार विहान निधन भएको हो ।

सोल्टीमोडस्थित होटेल अमरका संचालक शाक्यले पर्यटन उद्योगको विकासमा उल्लेखनीय योगदान पुर्‍याएका थिए । उनले होटेल संघ नेपालको अध्यक्षसमेत भई नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।  

शाक्यका श्रीमती र दुई छोरा छन् । उनका एक छोरा डाक्टर छन् । डाक्टर छोराको निगरानीमा घरमै उपचार गराइरहेका बेला कोरोनाले च्यापेपछि उनलाइ ओम अस्पताल लगिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको