Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्ट  उद्योगमा आगलागी

अर्थ संसार

शनिबार, ०६ मंसिर २०७७, १५ : ०८ मा प्रकाशित

शिवम् सिमेन्ट  उद्योगमा आगलागी

अर्थ संसार, हेटौँडा -हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ ।   विद्युत् प्रवाह चुहावट भई  उद्योगको कोइला च्याम्बरमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । 

उहाँले आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको बताउनुभयो । स्थानीयवासी प्रहरी, उद्योगका कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलबाट आगो नियन्त्रणमा लिइएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको