Like us!
Follow us!
Connect us!
Watch us!

आरएमडीसी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

अर्थ संसार

आइतबार, ०७ मंसिर २०७७, १२ : १७ मा प्रकाशित

आरएमडीसी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

अर्थ संसार, काठमाडौँ - आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन  आज (आइतबार)  रहेकाे छ ।

संस्थाले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि भाेलि (मंसिर ८ गते, साेमबार) बुकक्लोज गर्दैछ  । त्यसैले, आज (मंसिर ७ गते, आइतबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

संस्थाकाे २२औँ वार्षिक साधारण सभा मंसिर २२ गते, साेमबार हुँदैछ । सभामा आर्थिक वर्ष २०७६/ ७७ को वार्षिक प्रतिवेदन र प्रस्तावित लाभांश पारित गर्ने लगायतको विषयमा छानाफल हुँदैछ ।

त्यसैगरी, सभामा संस्थाकाे भाद्र २२ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ काे वितरण याेग्य मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद (कर सहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । उक्त लाभांश राष्ट्र बैंकबाट कार्तिक १३ गते बिहीबार नै स्वीकृत भइसकेको  छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको