Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा साता नबित्दै बन्यो अर्को रेकर्ड, झन्डै ७ अर्बको कारोबार

अर्थ संसार

आइतबार, ०७ मंसिर २०७७, १५ : ०७ मा प्रकाशित

शेयर बजारमा साता नबित्दै बन्यो अर्को रेकर्ड, झन्डै ७ अर्बको कारोबार

अर्थ संसार, काठमाडौं - शेयर बजारले एक साता नबित्दै नयाँ  रेकर्ड राखेको छ ।  यसअघि बिहिबार ६ अर्ब  ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँको कारोबार  भएर इतिहास रचेको शेयर बजारले आज आइतबार ६ अर्ब ८७ करोड ८७  लाख ८७  हजार ६ सय ६५ रुपैयाँको गरेर नयाँ  रेकर्ड राखेको हो । 

साताको पहिलो दिन आज (आइतबार) नेप्से परिसूचक ४.६९ अंकले बढेर एक हजार ७८२. ८१ मा पुगेको छ   । यस्तै सेन्सेटिभ परिसूचक भने २.० अंकले बढेर  ३४५. ०७ मा पुगेको छ ।

कूल २०१ वटा कम्पनीकाे एक कराेड ५९  लाख ६५  हजार ५  सय २६ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ८७ करोड ८७  लाख ८७  हजार ६ सय ६५ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आइतबार ३  वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ९ वटा उपसमूहकाे शेयर घटेकाे छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको