Like us!
Follow us!
Connect us!
Watch us!

आरएमडीसी लघुवित्तको शेयरमूल्य समायाेजन

अर्थ संसार

सोमबार, ०८ मंसिर २०७७, १० : ५५ मा प्रकाशित

आरएमडीसी लघुवित्तको शेयरमूल्य समायाेजन

अर्थ संसार, काठमाडौँ - आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले संस्थाकाे १५ प्रतिशत बाेनस शेयर पछि प्रतिकित्ता ८६१ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । संस्थाको आइतबारको अन्तिम कारोबार मूल्य ९९० रुपैयाँका आधारमा मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ ।

संस्थाकाे २२औँ वार्षिक साधारण सभा मंसिर २२ गते, साेमबार हुँदैछ । उक्त सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन र प्रस्तावित लाभांश पारित गरिनेछ ।

सभामा संस्थाकाे भाद्र २२ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ काे वितरण याेग्य मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद (कर सहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

उक्त लाभांश राष्ट्र बैंकले कार्तिक १३ गते बिहीबार नै स्वीकृत गरिसकेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको