Like us!
Follow us!
Connect us!
Watch us!

यी २ लघुवित्तको एकिकृत कारोबार आजबाट

अर्थ संसार

सोमबार, ०८ मंसिर २०७७, ११ : २१ मा प्रकाशित

यी २ लघुवित्तको एकिकृत कारोबार आजबाट

अर्थ संसार, काठमाडौँ - महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र नवकिरण लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार सुरु भएको छ । 

यी २ लघुवित्तले आज (मंसिर ८ गते, साेमबार) देखि एकीकृत कारोबार सुरु गरेका हुन् । मर्जर पश्चात अब यी २ संस्थाको "महुली लघुवित्त वित्तीय संस्था लिमिटेड" को नामबाट एकीकृत कारोबार हुनेछ ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई कार्तिक १९ गते अन्तिम स्वीकृती प्रदान गरिसकेकाे छ । दुवै कम्पनीको वैशाख १७ गते सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । 

यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले पनि कार्तिक २४ गते स्वीकृती प्रदान गरिसकेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको