Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया लघुवित्त सम्मानित

अर्थ संसार

सोमबार, ०८ मंसिर २०७७, १४ : १६ मा प्रकाशित

एनआईसी एशिया लघुवित्त सम्मानित

अर्थ संसार, काठमाडौं - एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड उत्कृष्ट कर सहभागिता गरेको विधामा सम्मानित भएको छ । 

जाजरकोटमा हिजो मङ्सिर ७ गते आयोजित एक कार्यक्रमका बिच एनआईसीएशिया लघुवित्त वित्तीय संस्थालाई प्रमुख कर अधिकृत डा.राम प्रसाद मैनालीले सम्मान गरेका हुन् । 
जाजरकोट जस्तो विकट जिल्लामा केन्द्रिय कार्यालय रहेर पनि देशभर व्यवसायिक सेवा सुविधा प्रदान गरिरहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वोत्कृष्ट आयकर सहभागिता जनाई उत्कृष्ट भएको हो ।

कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा केन्द्रिय कार्यालय स्थापना गरी देशैभरि शाखा संचालन विस्तार गरि छोटो अवधिमा नै सरकार प्रतिको दायित्वमा आयकर मार्फत उत्कृष्ट योगदान गर्न सफल भएकोमा संस्था\ गौरवान्भित भएको छ ।

संस्थाले हालसम्म संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत करीव रु ११ लाख र आयकर अन्तर्गत करीव रु. ८ करोड ४६ लाख गरि राजस्वमा जम्मा रु ८ करोड ५७ लाख योगदान गरेको छ । दुर्गम स्थानबाट सेवा प्रदान गरी यति धेरै योगदान राजश्वमा गर्न सकिएकोमा संस्थाले खुसि प्रकट छ ।

यस संस्थाले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ । आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र यस संस्था प्रतिको भरोसा सहित हाल १२० शाखा कार्यालयहरुबाट करिव ४७ हजार सदस्यहरु सहित करीव ३६ हजार कर्जा सेवाग्राहीहरुको सहयात्रीको रुपमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको