Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा करेक्सन, नेपाल बैंक लगानीकर्ताको रोजाइमा

अर्थ संसार

सोमबार, ०८ मंसिर २०७७, १५ : ०५ मा प्रकाशित

शेयर बजारमा करेक्सन, नेपाल बैंक लगानीकर्ताको रोजाइमा

अर्थ संसार, काठमाडौं - साताको दोश्रो दिन आज (सोमबार) शेयर बजारले ओरालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्स्चेजका अनुसार आज शेयर बजारमा सामान्य गिरावट आएको हो । आज नेप्से परिसूचक २.३८ अंकले घटेर एक हजार ७८०. ४३ मा पुगेको छ   । यस्तै सेन्सेटिभ परिसूचक भने ०.१२ अंकले घटेर ३४४. ९५ मा पुगेको छ ।

कूल १९९ वटा कम्पनीकाे एक कराेड २० लाख २१ हजार ३ सय ४७ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ७६ करोड २७  लाख ४ हजार ६ सय ११ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आइतबार ४ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ८ वटा उपसमूहकाे शेयर घटेकाे छ ।

त्यसैगरी कारोबार रकमको आधारमा नेपाल बैंक लिमिटेडले सर्वाधिक कारोबार गरेको छ । बैंकले ३० करोड २२ लाख ७ हजार बराबरको कारोबार गरेको छ  ।

आजको शेयर तालिका हेर्नुहोस्: 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको