Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा नारायणी डेभलपमेन्ट बैंकको बोनस सुचिकृत, कारोबार पनि फुकुवा

अर्थ संसार

सोमबार, ०८ मंसिर २०७७, १५ : ५५ मा प्रकाशित

नेप्सेमा नारायणी डेभलपमेन्ट बैंकको बोनस सुचिकृत, कारोबार पनि फुकुवा

अर्थ संसार, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) नारायणी डेभलपमेन्ट बैंक लिमिटेडकाे  बोनस शेयर सूचिकृत भएको छ । त्यसैगरी दोश्रो बजारमा बैंकको काराेबार समेत फुकुवा भएकाे छ ।

स्टकका अनुसार बैंककाे २ लाख १८ हजार ७ सय ४६ कित्ता बोनस शेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।

आज (मंसिर ८ गते, साेमबार) राेक्का भएकाे बैंककाे काराेबार समेत फुकुवा गरिएकाे छ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सूचीमा राखेपछि बैंकको शेयर कारोबार रोक्का भएको थियो  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको