Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सको अवितरित हकप्रद बुधबारदेखी लिलामीमा

अर्थ संसार

मंगलबार, ०९ मंसिर २०७७, ११ : ११ मा प्रकाशित

समृद्धि फाइनान्सको अवितरित हकप्रद बुधबारदेखी लिलामीमा

अर्थ संसार, काठमाडौं – समृद्धि फाइनान्स लिमिटेडले १८ लाख ५१ हजार ३५७ कित्ता अवितरित हकप्रद शेयर भाेलि (मंसिर १० गते, बुधबार) बाट शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ ।

फाइनान्सले असोज १६ गते शुक्रबारबाट कात्तिक ६ गते, बिहीबारसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको संस्थापक समूहकाे १३ लाख ८५ हजार २ सय ६८ कित्ता र सर्वसाधारण समूहको ४ लाख ६६ हजार ८९ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेकाे हाे । 

उक्त शेयरमा लगानीकर्ताले मंसिर १० गते, बुधबारबाट मंसिर १७ गते बुधबारसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्  ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रूपैयाँ तोकिएको छ । त्यसैले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

लगानीकर्ताले न्युनतम एक सय कित्तादेखि अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

फाइनान्सले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :-

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको