Like us!
Follow us!
Connect us!
Watch us!

कर्पोरेट डेभलपमेन्ट बैंकको शाखा कार्यालय स्थानान्तरण हुने सम्बन्धि जरुरी सूचना

अर्थ संसार

मंगलबार, ०९ मंसिर २०७७, १२ : १४ मा प्रकाशित

कर्पोरेट डेभलपमेन्ट बैंकको शाखा कार्यालय स्थानान्तरण हुने सम्बन्धि जरुरी सूचना

अर्थ संसार, काठमाडौं  - कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको काभ्रेस्थित बनेपा नगरपालिका तीनदोबाटोमा रहेको शाखा कार्यालय स्थानान्तरण हुने भएको छ  ।

उक्त शाखा  प्रदेश नम्बर २  पर्सा स्थित विरगंज महानगरपालिका श्रीसियामा स्थानान्तरण  भई मङ्सिर २५ गतेदेखि सम्पूर्ण बैङ्किङ्ग  कारोबार संचालनमा आउने बैंकले जनाएको छ । 
साथै स्थानान्तरण हुने शाखामा रहेका खाताहरु सोहि स्थानमा स्थानान्तरण गरिने भएकोले ग्राहकहरुले मङ्सिर २४ गतेभित्र बैंकको उल्लेखित शाखामा सम्पर्क राखी विस्तृत जानकारी लिन सकिने समेत  बैंकले जनाएको छ ।

साथै उक्त बैंकको जुनसुकै जुनसुकै शाखाबाट सम्बन्धित व्यक्तिले सम्पर्क राखी बैंक सम्बन्धि सुविधा लिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस् ;-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको