अर्थ संसार, काठमाडौं - आज (मंगलबार) शेयर बजारले उकालो लागेको छ । नेपाल स्टक एक्स्चेजका अनुसार आज शेयर बजार दोहोरो अंकले बढेको हो । आज नेप्से परिसूचक २९.६८ अंकले बढेर एक हजार ८१०.११ मा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक भने ४.४२ अंकले घटेर ३४९.३७ मा पुगेको छ ।
कूल १९६ वटा कम्पनीकाे एक कराेड १७ लाख ७४ हजार ५ सय २० कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ४४ करोड २९ लाख ५० हजार १ सय ८९ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आइतबार ११ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी १ वटा उपसमूहकाे मात्र शेयर घटेकाे छ ।
आजको शेयर तालिका हेर्नुहोस् :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस