Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको शेयरमूल्य समायाेजन, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार

बुधबार, १० मंसिर २०७७, १० : ४८ मा प्रकाशित

एनआईसी एशिया बैंकको शेयरमूल्य समायाेजन, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार, काठमाडौँ - एनआईसी एशिया बैंक लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैंककाे १९ प्रतिशत बाेनस शेयर पछि प्रतिकित्ता ५८६ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ६९७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंककाे २३औं वार्षिक साधारण सभा मंसिर २१ गते,  आइतबार हुँदैछ  । सभामा बैंककाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ काे सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको