Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमान्डूको संस्थापक शेयर बिक्रीमा

अर्थ संसार

बुधबार, १० मंसिर २०७७, १२ : ०५ मा प्रकाशित

बैंक अफ काठमान्डूको संस्थापक शेयर बिक्रीमा

अर्थ संसार, काठमाडौं - बैंक अफ काठमान्डू लिमिटेडले आफ्नो शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १६ हजार ९ सय कित्ता शेयर बिक्री गर्न लागेको हो ।

संस्थापक शेयरहरु बिक्री गर्दा बैंकको संस्थापक शेयरधनीहरुलाई नै पहिलो प्राथमिकता दिनुपर्ने  प्रावधान भएकोले उक्त संस्थापक शेयर खरिद गर्न चाहने संस्थापक शेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवेदन पेश गर्न सक्नेछन् ।
साथै, उक्त म्याद अवधिभित्र कुनैपनि आवेदन नपरेमा उक्त संस्थापक शेयर कानुन बमोजिम बिक्री हुने पनि बैंकले जनाएको छ ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:- 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको