Like us!
Follow us!
Connect us!
Watch us!

कर्मचारी संचय कोषको कर्जा बैंक अफ काठमाण्डूको सबै शाखा कार्यालयबाट भुक्तानी गर्न सकिने

अर्थ संसार

बुधबार, १० मंसिर २०७७, १३ : ३८ मा प्रकाशित

कर्मचारी संचय कोषको कर्जा बैंक अफ काठमाण्डूको सबै शाखा कार्यालयबाट भुक्तानी गर्न सकिने

अर्थ संसार, काठमाडौं - कर्मचारी संचय कोषबाट ग्राहकहरुले लिएको कर्जा तथा सापटीको साँवा तथा ब्याज बैंक अफ काठमाण्डू लिमिटेडको सबै शाखा कार्यालयहरुबाट भुक्तानी गर्न सकिने छ । 

कर्मचारी संचय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरुले साँवा तथा ब्याज सहितको किस्ता रकम  भुक्तानी गर्न कर्मचारी संचय कोषमा नगई यस बैंकको जुनसुकै शाखा कार्यालयबाट भुक्तानी गर्न सक्नेछन्  । यस सुबिधाबाट ग्राहकहरुको समय बचत हुने र बिना झन्झट सजिलै बैंकको शाखा कार्यालयबाट  भुक्तानी गर्न सक्नुहुनेछ । 

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको