Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओ ल्याउन लागेको पिपुल्स पावरले निष्कासन तथा बिक्री प्रबन्धक कसलाई चुन्यो ?

अर्थ संसार

विहीबार, ११ मंसिर २०७७, १४ : ०८ मा प्रकाशित

आइपिओ ल्याउन लागेको पिपुल्स पावरले निष्कासन तथा बिक्री प्रबन्धक कसलाई चुन्यो ?

अर्थ संसार, काठमाडौँ - पिपुल्स पावर कम्पनी लिमिटेडले साधारण सेयर (आइपिओ) को प्रारम्भिक सार्वजनिक निष्कासन तथा बिक्रीका लागि प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ  । 

कम्पनीले प्रतिकित्ता एक सय रूपैयाँ अंकित दरले ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता साधारण शेयर  (आइपिओ) निष्कासन  गर्न लागेको छ ।
उक्त सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन तथा बिक्रीका लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

उक्त सम्झाैता पत्रमा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकाली र  पिपुल्स पावर कम्पनी लिमिटेडको तर्फबाट सञ्चालक सन्तोष राज नेपालले हस्ताक्षर गरेका हुन् ।

पिपुल्स पावर लिमिटेडले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको