Like us!
Follow us!
Connect us!
Watch us!

भर्खरै आईपीओ निष्कासन गरेको पिपुल्स पावर नोक्सानीमा, अन्य वित्तीय सूचक कस्ता छन् ?

अर्थ संसार

शुक्रबार, ०२ मंसिर २०७९, ११ : ३१ मा प्रकाशित

भर्खरै आईपीओ निष्कासन गरेको पिपुल्स पावर नोक्सानीमा, अन्य वित्तीय सूचक कस्ता छन् ?

पिपुल्स पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनी १ लाख ४५ हजार रूपैयाँ नाेक्सानीमा रहेकाे छ । यो घाटा रकम गत वर्षको सोही अवधिको तुलनामा थाेरै हाे । गत वर्षको यसै अवधिमा कम्पनीले २१ लाख २२ हजार रूपैयाँ घाटा व्यहाेरेकाे थियाे ।

समिक्षा अवधिसम्म कम्पनीकाे अन्य आम्दानी भने बढेर ५ लाख ५ हजार रुपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा कम्पनीले १७ हजार रुपैयाँ अन्य आम्दानी गरेको थियो । 

त्यस्तै, कम्पनीको चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँ रहेको छ । कम्पनीकाे जगेडा काेष १ करोड ५० लाख ५ हजार रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीकाे प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ ३९ पैसा रहेकाे छ ।

कम्पनीले हालै मात्र अर्थात् साउन ३१ गतेदेखि भदाै ५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको