Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा यी ६ वटा कम्पनीको सेयर सूचिकृत, कुनको कित्ता कति ?

अर्थ संसार

शनिबार, १३ मंसिर २०७७, ०० : ३६ मा प्रकाशित

नेप्सेमा यी ६ वटा कम्पनीको सेयर सूचिकृत, कुनको कित्ता कति ?

अर्थ संसार, काठमाडौं - यस साता नेपाल स्टक एक्सचेन्जमा ६ वटा कम्पनीको सेयर  सूचिकृत भएको छ । जसमध्ये ३ कम्पनीको साधारण सेयर (आइपिओ), २ वटा कम्पनीको बोनस सेयर र एउटा कम्पनीको हकप्रद सेयर रहेको छ ।

कुनको कति कित्ता ?

नेपाल स्टक एक्सचेन्जका अनुसार मङ्सिर ५ गते शुक्रबार ३ वटा कम्पनीको आइपिओ सूचिकृत भएको छ । जसअन्तर्गत विकास ऋणपत्र २०८६ 'घ' को २० करोड कित्ता, विकास ऋणपत्र २०८४ 'घ' को १० करोड कित्ता, विकास ऋणपत्र २०८७ 'घ' को २० करोड आइपिओ नेप्सेमा सुचिकृत भएको हो ।

त्यस्तै मङ्सिर ८ गते सोमबार नारायणी डेभलपमेन्ट बैंकको २ लाख १८ हजार ७ सय ८६ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

स्टकका अनुसार मङ्सिर ९ गते मंगलबार सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको  ११ लाख ४१ हजार १ सय ४० कित्ता हकप्रद सेयर सूचिकृत गरिएको छ ।

त्यसैगरी आज (मङ्सिर १२ गते शुक्रबार) नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ लाख ९६ हजार ४ सय ७० दशमलव ५ कित्ता बोनस सेयर सूचिकृत भएको हो । 

हाम्रो समुहको जित पक्का छ, चन्द्र ढकालको प्यानल किन?। FNCCI Election। Bodhnath Duwadi

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको