Like us!
Follow us!
Connect us!
Watch us!

उद्योग बाणिज्य महासंघको निर्वाचनः सम्पूर्ण नतिजा सार्बजनिक, कसको कति मत ?

अर्थ संसार

आइतबार, १४ मंसिर २०७७, ०५ : ५८ मा प्रकाशित

उद्योग बाणिज्य महासंघको निर्वाचनः सम्पूर्ण नतिजा सार्बजनिक, कसको कति मत ?

नेपाल उद्योग वाणिज्य महासंघको सम्पूर्ण मत गणना सकिएको छ । महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । 
प्यानलै खडा गरेर चुनावमा होमिएका ढकालले किशोर प्रधानलाई फराकिलो अन्तरले पराजित गरेका हुन् ।

उनले ३० प्रतिशत मतभार हुने एशोसियटमा प्रधानलाई ३७५ मतका विरुद्ध ५२२ मत ल्याएर पराजित गरे । यसै गरी २० प्रतिशत मतभार भएको वस्तुगतमा प्रधानलाई ३९ मतका विरुद्ध ५९ मत ल्याएर पराजित फराकिलो अन्तरले पछि पारे । जिल्ला नगरमा  ५० प्रतिशत मतभार रहे पनि ढकालले ५२ मत पाए भने प्रधानको ५३ मत आएको थियो ।महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन्।

किशोर प्रधान समुहबाट दिनेश श्रेष्ठले चन्द्र ढकाल समुहका गुणनिधि तिवारीलाई पराजित गर्दै जिल्ला नगरतर्फ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

कुल १०५ मत खसेकोमा विजयी भएका दिनेश श्रेष्ठले श्रेष्ठले ५८ मत ल्याए भने पराजित भएका गुणनिधि तिवारी ४७ मत ल्याएका छन् ।
एशोसियटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित भएका छन्। बरिष्ठ उपाध्यक्ष उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानलबाट चुनाव लडेका रामचन्द्र संघाईले किशोर प्रधान प्यानलका सौरभ ज्योतीलाई ४५५ मत ल्याएर विजय हासिल गरे । पराजित सौरभ ज्योतीले ४३४ मत मात्र ल्याए । एशोसियट उपाध्यक्षमा ८९० मत खसेकोमा एक मत भने बदर भएको थियो । बस्तुगत तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन्।

उनी किशोर प्रधानको प्यानलबाट चुनाव लडेका थिए । उनले चन्द्र ढकाल प्यानलका उमेशलाल प्रधानलाई पराजित गरे । यस समुहमा बिजयी श्रेष्ठले ६२ मत ल्याए भने प्रधानले ३७ मत ल्याए । यस समुहमा १०१ मत खसेको थियो ।यस्तै जिल्ला नगर समुहबाट कार्यसमिति सदस्यमा चन्द्र ढकाल प्यानलबाट ६ जना र किशोर प्रधान प्यानलबाट १२ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । वस्तुगत समुहमा १८ जना निर्वाचित हुने ब्यवस्था छ । 

निवार्चित हुने राजन श्रेष्ठले ७९, तारानाथ घिमिरेले ७२, शोभकान्त पौडेलले ७०, कमल श्रेष्ठले ६९, गजेन्द्र भगतले ६८, चक्र बहादुर अधिकारीले ६७, अरुण सुमार्गीले ६६, देवकुमार श्रेष्ठले ६५, रामेश्वर मानन्धरले ६३, कमनबहादुर खड्काले ६२, सुरकृष्ण वैद्यले ६१, कुबिरकुमार श्रेष्ठले ५८, डिबी बस्नेतले ५८, उमेश डालमियाले ५३, किशोरकुमार आचार्यले ५२, महेन्द्रकुमार श्रेष्ठले ५४, अमृत भट्टचनले ५१ मत र गोपाल कौडियाले ५५ ल्याएर निर्चाचित भए । जिल्ला नगरमा कुल १०५ मत खसेको थियो ।

वस्तुगत समुहमा  नरेश लाल श्रेष्ठले ७२, सुमित कुमार केडियाले ६६, आकाश अधिकारीले ४९, प्रकाश सिंह कार्कीले ५७, भक्तबहादुर हमालले ६२, सुबोधकुमार गुप्ताले ५५, हेमराज ढकालले ५५, अरनिको राजभण्डारीले ६४, गोबिन्द ढुंगेलले ५०, मनिषलाल प्रधानले ६०, मीनमान श्रेष्ठले ६७, विष्णुप्रसाद गैरेले ५१, सन्दिपकुमार अग्रवालले ५१ र सुकुन्तलाल हिराचनले ५५ मत प्राप्त गरे । 

यस्तै एसोसिएट्स समुहबाट अम्बिकाप्रसाद पौडेल ८०२, अविनाश बोहोरा ४७६, आनन्दकुमार अग्रवाल ४९९, कृष्णलाल महर्जन  ४६५, गोपाल खनाल ७५१, ज्योत्सना श्रेष्ठ ७६७, देशबन्धु बस्नेत ४८३, प्रवलजंग पाण्डे ७४३, भरतराज आचार्य  ७४६, रञ्जितराज आचार्य ४५९, राजशेकुमार अग्रवाल ५३०, विजयसिंह वैद्य ५४७, शक्तिकुमार बेगानी ५३०, शाहिल अग्रवाल  ७३३, शैलेन्द्र गुरागाई ६६५,  सुशील थापा ४७३, सञ्जय गिरी ५०७, हेमन्त गोल्छा ५०९ मत ल्याएर निर्वाचित भए । विराट थापा र मंगेशलाल श्रेष्ठले बराबरी ४९७ मत ल्याएका छन्। ती दुई मध्ये गोलाप्रथाबाट बिजयी छान्न बाँकी छ । 

महासंघको प्रदेशबाट प्रतिनिधित्व गर्ने सदस्यहरुमा २ नम्बर प्रदेशबाट केन्द्रीय सदस्यमा विजयकुमार शाह १२ मत सहित बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी विनोदप्रसाद शाहले कुनै मत प्राप्त गर्न सकेनन् । यस्तै गण्डकी प्रदेशबाट बाबुराम गिरीले ९ मत ल्याई निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी निर्माणकुमार श्रेष्ठले ६ मत प्राप्त गरेका थिए ।

यसै गरी लुम्बिनी प्रदेशबाट जसमेर मियाँले १० मत ल्याई बिजयी भएका छन । उनका प्रतिद्वन्द्वी हेमराज बन्जाडेले ९ मत प्राप्त गरेका हुन् । यसै गरी कर्णाली प्रदेशबाट लालिमान बुढाले ७ मत प्राप्त गर्दै निर्वाचित भएका छन भने उनका निकटम् प्रतिस्पर्धी प्रकास अधिकारीले ३ मत प्राप्त गरे । सुदुरपश्चिम प्रदेशबाट पुष्पराज कमरले ८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी देवबहादुर रोकायले २ मत मात्र प्राप्त गरेका छन् ।

प्रदेश १ बाट निर्विरोध भईसकेको छ भने बागमति प्रदेशको परिणामा आउन बाँकी छ । बाँकी प्रदेश २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट केन्द्रिय कार्यसमितिमा निर्वाचित भएका उम्मेदवारहरुको परिणामा भने सार्वजनिक भएको हो ।
प्रदेश १ बाट निर्विरोध भईसकेको छ । बागमति प्रदेशको परिणाम आउन बाँकी छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको