Like us!
Follow us!
Connect us!
Watch us!

महासंघको एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित

अर्थ संसार

बुधबार, २३ बैशाख २०८३, १२ : ४७ मा प्रकाशित

महासंघको एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट तर्फको उपाध्यक्षमा उद्योगी प्रबलजंग पाण्डे निर्वाचित भएका छन् । बहालवाला उपाध्यक्ष ज्योत्सना श्रेष्ठलाई ३२९ मतले हराउँदै पाण्डे निर्वाचित भएका हुन्।

निर्वाचनको अन्तिम मतपरिणाम अनुसार पाण्डेले १०७९ मत ल्याएर निर्वाचित हुँदा श्रेष्ठले ७५० मत मात्रै प्राप्त गरिन् । मंगलबार भएको निर्वाचनमा एसोसियट तर्फको उपाध्यक्षका लागि कुल १ हजार ८३४ मत खसेको थियो । कुल खसेको मतका आधारमा निर्वाचित भएका पाण्डेले ५८.८३ प्रतिशत मत पाएका छन् ।

३ कार्यकाल महासंघको केन्द्रीय कार्यकारिणी समिति सदस्य भइसकेका उनी लोमस ग्रुपका सञ्चालक हुन् । औषधी, सिमेन्ट, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा उनी लगानीकर्ताका रुपमा आवद्ध छन् । उनी अहिले सिटिजन्स बैंकको अध्यक्ष छन् ।

पाण्डे महासंघका पूर्व अध्यक्ष प्रदीपजंगका छोरा हुन् । करिब १ दशकदेखि महासंघको आन्तरिक समिकरणमा सक्रिय रहेका उनी काबिल र व्यवस्थापकीय जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने व्यक्तित्वका रुपमा चिनिन्छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको